अचानक आएकाे हावाहरीले फेवातालमा डुंगा पल्टिएकाे छ । आज दिउँसो २ बजेर ३० मिनेट जादा कायक बाेट पल्टिएकाे शसस्त्र प्रहरी वल कालिका गण कास्कीले जनाएकाे छ ।।
बाेटमा सवार काठमाडौँ महानगरपालिका-१७ सामाखुसी २५ वर्षकी अग्नि देवकोटा तालमा खसेकि थिइन् । फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले देवकाेटालाई तत्कालै सकुशल उद्धार गरी किनारमा ल्याएको थियाे । अहिले उनकाे अवस्था सामान्य रहेकाे गणपति अरूण पाैडेलले जानकारी दिए ।
Post Views: 51