बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

Share this post :

Facebook
Twitter
WhatsApp

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर गत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको यस् ब्रदर अटो प्रालिले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनीसगै बजाज मोटरसाइकल showroom तथा सर्भिस सेन्टर’ संचालनमा ल्याएको छ ।

नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएको हो । यहाँ मोटरसाइकल सर्भिसिङमा १५ बर्षदेखि राम्रो अनुभव भएका दक्ष प्राविधिकबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्यले जनाए ।

यस सर्भिसिङ सेन्टरमा जम्मा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले बताए । एक दिनमा २० ओटाभन्दा बढी बाइक सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकको सुविधाको लागि प्रतीक्षालय पनि सुविधा छ । नयाँआउट लेट सर्भिसिङ सेन्टरले ग्राहकलाई बाइक खरिद स्पेयर्स पार्टस् तथा एक्ससरिजका लागि समेत सहज बनाउने कम्पनीले बताएको छ । टोखा मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै brothers अटोका संचालक बिनोद चौलागाईंले भनेका छन्, ‘टोखा आउट लेटमा ग्राहकलाई निरन्तर वृद्धि साथै पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकलाई सहज बनाउनेमा हामी सकारात्मक छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *