बजेट पारित भएकाे खुशीयालीमा रात्रीकालिन भाेज

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि असार १ गते सार्वजनिक गरेकाे बजेट शुक्रबार (असार-२२) पारित भएकाे छ । प्रदेशसभा सदस्यकाे बहुमतले बजेट पारित गरेकाे हाे ।

बजेट पारित भएकाे खुशीयालीमा गण्डकीकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयले रात्रीकालिन भाेजकाे आयाेजना गरेकाे छ । पाेखरा-६ लेकसाइडमा रहेकाे अतिथि रिसाेर्टमा पार्टीकाे आयाेजना गरेकाे बताईएकाे छ ।

स्राेतका अनुसार पार्टीमा मुख्यमन्त्री र मन्त्रीकाे सचिवालयकाे टिम, सत्तापक्षका सांसद र उनीहरूका पीए मात्र सहभागी थिए । तर, प्रतिपक्षलाई भने यश विषयमा जानकारी दिइएन् । पार्टी रहेछ भन्ने विषयमा पनि शनिवार मात्रै जानकारी पाएकाे उनीहरूले बताएका छन् । अतिथि चार तारे रिसाेर्ट हाे । महङ्गाे रिसाेर्टमा गएर असारकाे मुखमा बजेट खर्च गरेकाे भन्दै आलाेचना भएकाे छ ।

सामाजिक संजालमा लेख्दै भनिएकाे छ, ‘हाम्रा प्रदेशका मुख्यमन्त्रीलाई बजेट पारित हुँदैन भन्ने कति पीर रहेछ । पास हुने बित्तिकै पार्टि खुवाए त ।’
‘सत्तापक्षका सांसदलाई पाटीकाे नाममा चार तारे रिसाेर्टमा खर्च गर्ने पैसा जनताका छोराछोरी पढ्ने स्कुल सुधार्ने नीति बनाएको भए समृद्वि हाम्रै पालामा आउने थियाे कि ?’ सामाजिक संजालमा राखिएका तर्क हुन् यी । असारकाे अन्तिममा सरकारी पैसा खर्च गर्न पार्टी राख्खिएकाे भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकाे आलाेचना गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *