बढ्यो सुनको मूल्य

Share this post :

Facebook
Twitter
WhatsApp

सुनको मुल्यमा बृद्धि भएको छ । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य बृद्धि भएको हो । प्रतितोलामा एक हजार ५ सय रुपैयाँले बृद्धि भई ९२ हजार ५ सय कायम भएको छ ।

सुन गत बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार ५ सय तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य बिहीबारका तुलनामा २५ रुपैयाँले बढेको छ । प्रतितोला एक हजार २ सय ५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *