बनेन पदाधिकारी नेपाल राष्ट्रिय प्राध्यापक संघमा अझै

Share this post :

Facebook
Twitter
WhatsApp

२०६६ मा स्थापना भएको नेपाल राष्ट्रिय प्राध्यापक संगठनको पहिलो अधिवेशन २०८० जेठ १४-१५ मा मात्र भयो । तर अधिवेशनले पदाधिकारी नबनाई पार्टी नेताको लहडमा अधकल्चो जस्तै रह्यो भन्ने बुझाई गण्डकीका प्राध्यापकको छ ।

पार्टीले इन्चार्ज भनेर तोकेका कृष्णध्वज खड्का कै लहडका कारण अधिवेशन कामाकाजी हुन नसकी कर्मकाण्डी मात्र भएको उनीहरूको बुझाई छ । खड्काले स्वार्थ समुह निर्माण गर्ने इच्छालाई महासचिव देव गुरुङ्गले साथ दिएकै कारण प्राध्यापकहरू नै समितिमा म बस्न चाहान्न भन्नेको लहड नै चलेको उनीहरूको बुझाइ छ ।

२०६६ मा स्थापना भएको नेपाल राष्ट्रिय प्राध्यापक संगठनको यति लामो समय सम्म किन अधिवेशन भएन त ? यो प्रश्नको उत्तर कसैले नदिए पनि अधिवेशनको उद्घाटन गर्न पुगेका प्रम पुष्पकमल दाहाल “प्रचण्ड” ले भनेका थिए, ‘तपाईंहरूको यति ठुलो शक्ति छ भन्ने मलाई जानकारी नै थिएन ।’ यसबाट थाह हुन्छ माओबादीहरूका संगठन कसरी चलेका रहेछन् र किन जिम्मेवार बन्दैनन् ।

माओबादी केन्द्रका नेताहरूले कस्तो रिपोर्टिङ्ग गरेर पार्टी नेतालाई भुलभुलैयामा राख्दा रहेछन् भन्ने कुराको यो राम्रो उदाहरण हो । गोरखाका प्रतिनिधीले बताएका छन् । स्थापनाकालदेखि नै नाताबादमा डुबेका इन्चार्ज खड्काको रबैयाका कारण प्राध्यापकहरूले कृष्णध्वज खड्काबाट संगठनलाई धोका हुने र यो संगठन चलायमान हुन नसक्ने भनेर बागमती इन्चार्ज हितमान शक्यलाई बैसाख २४ गते ध्यानाकर्षण गराएका थिए ।

प्राध्यापककिन दिए पार्टी नेतृत्वलाई पत्र

संगठन इन्चार्ज कृष्णध्वज खड्का शुरुदेखि नै साढु भाइ बिष्णु खनालको पक्षमा छन् । उनको यो परिवार मोहबाट प्राध्यापकहरू हैरान छन् । क्षमता नभएको मानिसको संगठनले भार किन बोक्ने कुरा उनीहरूको रहेको । त्रिबिले पनि ७ वर्षदेखि कमजोर कार्य क्षमता नभएको मानिसलाई कार्यकारी निर्देशक राखेर संस्थाको हित नहुने भन्ने बुझाई उनीहरूको छ ।

त्रिबिको कार्यकारी निर्देशक रहँदा समेत उनी संगठनका सहसंयोजक थिए। संगठन र विश्वविद्यालयको पदको सम्बन्ध टुटाएर मात्र सम्मेलन गर्नु पर्ने माग त्यहाँ उठेको थियो । जेठ १४-१५ गतेको अधिवेशनबाट पनि उनी केन्द्रिय समितिमा परेका छन् । पदाधिकारी रहेको मानिस संगठनमा रहन नपाइने कुरा बिधानमा रहँदा रहँदै पनि महासचिव गुरुङ्गको आडमा उनी समितिमा परेका छन् ।

खनाल सहित शिक्षा शास्त्र संकायका डीन प्राडा चित्र बहादुर बुढाथोकी, सहायक डीन बिष्णु खनाल (तहाचाल क्याम्पस), जगत कृष्ण पोखरेल, प्रमुख सानोठिमी क्याम्पस, रुरू बिद्यापीठका प्रमुख तथा संस्कृत विश्वविद्यालयका कार्यकारी निर्देशकपनि केन्द्रिय समितिमा रहेका छन् । विश्वविद्यालयका कुनै पनि पदाधिकारीलाई संगठनमा नराख्ने भनेको संगठनले पार्टीको हस्तक्षेपका कारण नसकिएको बताएका छन् ।

यस बारेको समस्या समाधान नगरी उनी १५ दिने चीन भ्रमणमा गएपछि प्राध्यापकहरू पार्टीको काम प्रति निकै निराश बनेका थिए । प्राध्यापक संगठनमा समानान्तर समिति भन्ने भयो भनेर प्रम प्रचण्डले महासहिव गुरुङ्गलाई जिम्मेवारी नै दिएपछि प्राध्यापकहरू केही आशाबादी बनेका थिए ।

अधिबेशन हुने नहुने शंकाकै घेरामा रजहेको समयमा प्राध्यापकहरूको प्रतिनिधीले महासचिब गुरुङ्गलाई पत्र मार्फत जेठ १ गते धायानाकर्षण गराएका थिए ।

महासचिवलाई दिइएको धानाकर्षण पत्र

यसबारे प्रम प्रचण्डलाई जानाकारी गराउँछु भन्ने आश्वासन गुरुङ्गले दिए पनि उनको भुमिकाबाट प्राध्यापकहरू खुशी बनेका छैनन् ।

जम्बो केन्द्रिय समिति र संगठन छाड्नेको लहर

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको समिति ठुलो भएको कारण बैठक बस्न नसकेको सबैको बुझाई थियो । समितीलाई सानो र चुस्त बनाउन नसकेमा पार्टी नेतृत्वको घेरामा फेरी पनि केहि मानिसको हालीमुहाली हुन्छ भनेर नै सानो बनाउने सहमती केन्द्रिय समितिको बैठकमा भएको थियो । त्यसैले प्राध्यापकहरू बिच ९९ जनाको केन्द्रिय समिती बनाउने र ११ विश्वविद्यालयका अध्यक्ष सहित प्रदेशबाट ७ जना अध्यक्षलाई पदेन सदस्य राख्ने सहमति बनेको थियो । त्यसै अनुसार बिधान प्रतिबेदन प्रस्तुत भएको थियो ।

प्राध्यापक संगठनलाई सानो केन्द्रिय समिति बनाएर चलाउँदा आफ्नो राखनधरनको लक्ष पुरा नहुने देखेपछि इन्चार्ज खड्काले २५० सम्मको केन्द्रिय समिति बनाउने कुरामा अड्डी लिएर बसेको पृथ्वी नारायण क्याम्पस पोखराबाट प्रतिनिधित्व गर्ने प्राध्यापक बताउँछन् । खड्काले ठुलो समिति बनाएर मात्र अधिवेशन सम्पन्न गर्न सकिने कुरा महासचिब गुरुङ्गलाई सुनाएका थिए । उनको योजनामा महासचिव चलेर आम प्राध्यापकहरूको जोश ‍-जाँगरमा ठेस लागेको कराण नै सामाजिक संजालमा राजन प्रसाद पोखरेलदेखि सोनालल, भीम खड्का र गंगा डिसीहरूले संगठनमा रहन नसक्ने भनेर लेखिसकेका छन् । उनीहरूको राजिनामा पत्र आउन मात्र बाँकी रहेको छ ।

खड्काको योजना अनुसार काम गर्ने भनेर साढु विष्णु खनाल सहित उनी छुट्टै खोठामा बसेर परतिनिधीहरू सबैलाई पदाधिकारी र केन्द्रिय सदस्य बनाइदिन्छु भनेकै कारण यो समस्या आएको बुझाइ प्राध्यापकहरूको छ ।

संगठनका इन्चार्जको यो ब्यबहारबाट दिक्क बनेका गण्डकीका एक जना प्रतिनिधीले सके कृष्णध्वज खड्काले प्युठानको संगठन सपारेर प्रतिनिधी सभामा जितेर आए भै हाल्यो नि । किन प्राध्यापक संगठनमा साढु भाइ खनाललाई टेको लगाउन अघि सर्न परेको ? भन्छन् ।

पौडेलको संगठन मोह

शक्तीमा सँधै रमाउने पौडेल किन अध्यक्ष हुन खोजेका छन् त । उनी २०६६ मा यो संगठनका महासचिब थिए । त्रिबिका रजिष्ट्रार बनेपछि संगठनबाट उनले राजिनामा दिएका हुन् । अधिवेशन हुनभन्दा पहिला उनी संगठनका सल्लाहकार थिए ।

पौडेल रजिष्ट्रार सकिएपछि राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष समेत बनेका थिए । उनको भुमिकाका बारेमा प्राध्यापकहरू नै खुशी छैनन् । सानो घेरा बनाउने र शक्तीको दुरुपयोग गरेर जे पनि गर्न तयार हुने भन्ने बुझाइ प्राध्यापकहरूमा छ ।

साढु भाइ खनालले भने अनुसार नै खड्का चलेको हुँदा प्राध्यापकहरूले तुरुन्त इन्चार्जलाई हटाएर मात्र अधिवेशन गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उनीहरुको बुझाइमा खनालको हात माथि पार्नका लागि खड्काले त्रिविका पुर्व रजिष्ट्रार चन्द्रमणी पौडेललाई अध्यक्ष बनाउन खोजेको प्राध्यापकको बुझाइ छ ।

पार्टी नेतृत्वले दबाब दिएपनि पौडेलले अध्यक्ष पाउँछन् भन्ने कुरामा धेरैको शंका रहेको छ । इन्चार्ज खड्कासँग मिलेर खनालले पार्टी महासचिबलाई पौडेललाई अध्यक्ष बनाउन दिएको दवावलाई प्राध्यापकहरू शक्तीको दुरुपयोग र पार्टीमा मौलाएको परिवारवादको रुपमा बुझेका छन् । समितीहरू चुस्त नबन्ने र कुनै पनि प्रकारको परिवारमोहले संगठन नचल्नु त्यहाँको रोग नै रहेको छ ।

पौडेल त्रिविको रजिष्ट्रार हुँदा पोखरा विश्वविद्यालयको कार्यकारी सदस्य समेत बनेका थिए । शक्ती केन्द्रलाई खुशी पारेर काम लिन पल्केका पौडेलले पोखरा विश्वविद्यालयदेखि त्रिविमा समेत आफन्तलाई जागिर दिएका थिए । इन्चार्ज खड्का सहित खनालाई खुशी पार्न दुबैलाई शेयर दिएर पौडेलले पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज काठमाण्डौंमा चलाएका छन् । पहिला बुद्ध नगरमा संचालनमा रहेको यो कलेज अहिले सातदोबाटोमा छ । त्रिविको कार्यकारी निर्देशक हुनभन्दा पहिला बिष्णु खनाल यो कलेजका अध्यक्ष रहेका थिए ।

खुला विश्वविद्यालयमा स्वार्थ पुर्ति गर्न कै लागि खनालले राजकुमार पोखरेलाई सेवा आयोगको अध्यक्ष बनाएर बुहारीलाई कर्मचारी बनाएका छन् । विश्वविद्यालयका पदाधिकारी र कार्यकारी सद्स्यहरूलाई हात लिएर स्वार्थ समुहको रजाई गरेको बुझाइ प्राध्यापकहरूमा छ । स्याङ्जा कि एक जना उत्कृठ प्रतिस्पर्धी हुँदा हुँदै पनि खनालले बुहारीको ब्यबस्थापन गर्न पोखरेलको प्रयोग गरेर शिक्षक नियुक्तीमा नाङ्गो नाच देखाएको धेरैले बुझेको कुरा प्राध्यापकहरू नै बताउँछन् ।

खड्का मार्फत महासचिब गुरुङ्गलाई गलत रिपोर्टिङ्ग गरेका छन् । त्रिविमा आफ्नो सेवा ६ महिना मात्र रहेको र आफुले मात्र सबै प्राध्यापकलाई मिलाउन सक्ने दाबी उनले गरेका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सद्स्यहरूको माग भने चुनावबाट मात्र नेतृत्व बनाउने भन्ने रहेको छ । यदि यसो भएमा आफ्ना पक्षका कोही पनि प्राध्यापकले प्रतिस्पर्धा गर्न नसक्ने भएर नै सहमतीमा जान खनालकोप स्वार्थ समुहले दबाब दिएको पोखरेली प्राध्यापक बताउँछन् ।

पृथ्वी नारायण क्याम्पसमा पौडेलका सहपाठीका अनुसार पौडेलको त्रिविमा करिव ३ वर्ष अझै सेवा अवधी रहेको छ । किन ढाँटे त उनले आफ्नो सेवाको समय ? त्रिवि सहित बिभिन्न विश्वविद्यालयमा ६-८ महिना भित्र धेरै पद खाली हुने देखिन्छ । त्रिवि र परिक्षा बोर्डमा ८ वर्ष नियुकती पाएका पौडेल र त्रिविमा कार्यकारी निर्देशकको पदमा ७ वर्ष बिताइसकेर अहिले पनि पदमा रहेका खनाल शक्तीको प्रयोग गरेर फेरी अर्को नियुक्तीमा जान चाहान्छन् ।

दुबै जनाले नियुक्ती हात पार्न कै लागि संगठनको नेतृत्वमा ६ महिना पौडेलाई ल्याउने र पदमा गएपछि दुबै जनाले संगठनको पद छाड्ने सहमति पुरा गर्न यतिबेला खड्का लागि परेको बुझाई प्राध्यापकहरूमा छ । खड्काको यो स्वार्थलाई असफल बनाउन कै लागी राष्ट्रिय प्राध्यापक संगठनका सदस्यहरू यति बेला छलफलमा ब्यस्त रहेको कुरा काठमाण्डौ विश्वविद्यालयका प्राध्यापकको रहेको छ ।

सामाजिक संजालमा अधिवेशन सकिएको एक महिना नहुँदै चिन्ता र नैरास्यताका भावनाहरू पोखिएका छन् । यसो हुनुमा पार्टीनै जिम्मेवार रहेको प्राध्यापकहरूको बुझाईछ ।

अबको निकास

नेपाल राष्ट्रिय प्राध्यापक संगठनलाई १४ वर्ष सम्म कुनै काम गर्न नदिएको पार्टी कै कारण भएको सबैको धारणा छ । अधिवेशन हुने र यसबाट चुस्त दुरुस्त संगठन बन्ने आशामा रहेका प्राध्यापकहरू फेरी पनि उही अवस्था हुने देखे पछि राजिनामा दिनेको लहरो नै देखिन्छ । सके सम्म प्रम प्रचण्डलाई भेटेर समस्या बारे जानाकारी दिने योजनामा उनीहरू रहेका छन् ।

चुनावबाट नेतृत्व बनाउन कुनै पनि झस्किनु नपर्ने भनाई उनीहरूको छ । यो अभियानलाई तिब्र पार्न आफ्नै पहलमा केन्द्रिय सदस्यहरूलाई काठमाण्डौं बोलाउने र पदाधिकारी घोषणा गर्ने योजनामा उनीहरू रहेका छन् । यसबाट मात्र संगठनमा सहज निकास निस्कने र संगठनमा लागेका खुम्ले किराहरूको पराजय हुने धारणा प्रतिपत्रलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *