बर्खास्ती गर्न नपाउँदै नियुक्त

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को वैठकले संक्रामण तथा सरुवा रोग अस्पतालको अस्पताल संचालक समितिको अध्यक्ष पदमा रविमोहन भण्डारीलाई नियुक्त गरेको छ । पोखरा महानगर–३१ नहरचोकका भण्डारी पव्लिब हेल्थमा स्नातकोत्तर गरेका छन् । यो निर्णय सरकारले अझै सार्वजानिक गरेको छैन् । स्रोतले बताए अनुसार भण्डारीको कार्यकाल तीन वर्षको रहनेछ ।
संक्रामक तथा सरुवा रोग अस्पताल गठन आदेश, २०७७ को दफा ३ अनुसार भण्डारी नियुक्त भएका हुन् । उक्त दफाअनुसार अध्यक्ष हुनका लागि स्नातक तह उत्तीर्ण गरेको, र ३५ वर्ष पूरा गरेको हुनुपर्छ । विहीबार बसेको मन्त्रिपरिषद्को वैठकले अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेलसहित चार जनालाई बर्खास्त गरेको थियो । एघारवटै जिल्ला अस्पताल व्यवस्थापन समितिको कार्यकाल सकिएलगत्तै सरकारले नयाँ सुरु हुने वित्तिकै सत्ता गठबन्धनमा संलग्न दललाई भागवण्डा लगाएको थियो । सोही क्रममा कास्कीको यो अस्पताल पनि समेटिएको हो । उनीहरुलाई निकाल्ने प्रकृया मिलाउदा मिलाउदै यत्तिका समय वितेको स्रोतले जनाएको छ ।
यस्तै, खेलकुद विकास समितिका एक सय ४३ पदाधिकारीसहित एक सय ४७ लाई बर्खास्त गरिएको थियो । उनीहरूलाई हटाउनकै लागि भनेर सरकारले चैत १८ गतेको मन्त्रिपरिषद् बैठकबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्रोतका अनुसार समितिका अन्य सदस्य र एघारवटै जिल्लाका खेलकुद विकास समितिका पदाधिकारी चाहिँ स्थानीय तहको निर्वाचनपछि नियुक्त गर्ने तयारी सरकारको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *