प्रतिनिधिसभाको बजेट अधिवेशन वैशाख २८ देखि

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिनिधिसभाको बर्खे अर्थात् बजेट अधिवेशन वैशाख २८ देखि सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ मा बस्ने गरी वैठक आह्रवान गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले विहीवार अधिवेशन आह्वान गरेका हुन् ।
मन्त्रिपरिषद्ले बजेट अधिवेशन बोलाउन सिफारिस गर्नुअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदबारमा छलफल भएको थियो । दुई नेताको सहमतिपछि अधिवेशन बोलाउन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरिएको थियो ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेपछि सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।
लामिछाने गोरखा मिडियाको प्रबन्ध निर्देशक हुँदा उक्त कम्पनीमा पोखरा, बुटवल, चितवनस्थित सहकारीबाट रकम लगानी गरेको पाइएपछि उनीमाथि छानबिनको माग राखेर कांग्रेसले संसद् अवरुद्धसमेत गरेको थियो । वैशाख २ मा संसद् अधिवेशन अन्त्य भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *