पोखरा महानगर–२८ माझठानाका ७१ वर्षिय तारानाथ तिवारी जवरजस्ती करणीको आरोपमा पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले तिवारीलाई शुक्रबार आफ्नै घरबाट पक्राउ गरेको हो । २०७६ साउन ७ मा अपांग भएकी नाविलालाई तिवारीलाई जवरजस्ती करणी गरेका थिए । २०७६ मा तिवारी बलात्कारको आरोपमा पक्राउ परे । २०७७ असोज २७ मा जिल्ला अदालत कास्कीले उनलाई सफाई दिएको थियो । उच्च अदालत कास्कीले २०७९ वैशाख १४ मा जिल्ला अदालतको फैसला उल्टाई १९ वर्ष ३ महिना कैद, १० हजार जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति सहितको सजाय तोकेको थियो । कैद सजाय भुक्तानको लागि आइतबार जिल्ला कारागार कास्की चलान गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।
Post Views: 21