खियाँलालेको टिनले बनेकोघर, घरको बलेनीमा तीवटा भरिको गाग्री, आगनमा झारै झार र काक्राको झाल र घरमा ८० बर्षिय बृद्ध एकल महिला । सबैलाई लाग्छ बलेनीको पानी समस्या परे घरमा रहेका पशुलाई खुवाउन र कपडा धुनको लागि प्रयोग गरीन्छ, तर यहाँको अर्जुनचौपारी ५ काउरेकी पुर्णकला पौडेलले सात बर्षबाट बलेनीको पानी खानको लागि प्रयोग गरेकी छन् ।
तीन छोरीको बिवाह र श्रीमानको निधन भएपछि १२ बर्षबाट एक्लै घरमा बसेकी पौडेलले असक्त भएपछि सात बर्षबाट बलेनीको पानी खाएर निर्वाह गरेकी हुन् । गाउँमा धेरैको घरमा पानीको धारा जडान हुदाँ बृद्ध आमा पौडेलको पािलकाले खानेपानीको धारा जडान गरेको हो । बृद्ध एकल महिला पौडेलले छिमेकीको घरमा पुगेर पानी ल्याउन नसकेपछि बलेनीको खानेपानी खाने गरेकी थिइन् । बृद्ध एकल महिलाले बर्षातमा बलेनी र हिउदँमा छिमेकीको भरमा खानेपानी खाएको सुनेपछी पालिकाले चासो लिदै सहयोग गरेको हो ।
जनप्रतिनिधीको सुबिधाको १० प्रतिशतबाट स्थापना गरेको सामाजिक उत्तरदायित्व कोषबाट पौडेललाई पालिकाले १६ एमएमको प्लाष्टिक पाइपबाट खानेपानी धारा जढान गर्नुका साथै चिनी, दाल, साबुन, नुन प्रदान गरेको हो । पलिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङले बृद्ध एकल महिलाको घरमा पुगेर खानेपानीको धारा सडान गरिदिएका हुन् । एक्लै घरमा बसेकी बृद्ध पौडेलले खानेपानीको लागि धेरै दुख भोगे र बर्षातमा बलेनी र हिउँदमा गाउँलेको सहयोगमा पानी खाएको बताइन् ।
घरबाट पाचँ मिनेट टाढा भएपनि असक्तताका कारण पानीखान छिमेकी र आकासको पानी कुर्नु परेको बताउदै पौडेलले घरको आगनमा पानीको धारा झरेसगै हर्षका आशु झराल्नुभयो । दुई छोरा जन्मपछि मृत्यु भएको बताउदै बृद्ध पौडेलले पालिका छोरा भएर जन्मेको बताइन् । छोरीले पटक पटक आफ्नोमा बस्न आग्रह गर्दा पनि आफ्नै घरमा मर्ने बाचाँ सहित बसेकी पौडेललाई आवश्यकता अनुसारको सहयोग पालिका गर्ने पालिका अध्यक्ष तिवारीले बताए ।
जनप्रतिनिधीबाट १० प्रतिशत कट्टा गरी बृद्ध तथा पुर्ण अपाङलाई सहयोग गर्ने उदेश्यले सामाजिक उत्तरदायित्व कोष बनाएको बताउदै तिवारीले साहार बिहिनको साहारा पालिका बन्ने बताए । साहाराको खोजीमा रहेका हरेक अशक्त बृद्ध र पुर्ण अपाङलाई पालिकाको ढोका खुल्ला रहेको तिवारीले बताएका छन् । जनप्रतिनिधीले आफ्नो पारिश्रमिकबाट सामाजिक उत्तरदायित्व कोषबाट सहयोग गरेको देशमै पहिलो भएको तिवारीले दाबी गरे ।
