स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्यामस्थित बसले ठक्कर दिदा पैदलयात्रुको मृत्यु भएको छ । माघे संक्रान्तिको दिन विहान पौने नौ बजे जयपतेबाट रिडितर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले पैदलयात्रु ३० वर्षिय अजित बोटेलाई ठक्कर दिएको थियो । सोही ठाउँका बोटेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Post Views: 14