सुन्दा अनौठो लाग्न सक्छ । ‘चिज’ भनेको के हो ? प्रश्न नउठेको भने होइन् । बजारमासमेत यसको जानकारी नहुँदा कसैले किन्दैनन् । गाई र भैसीको दुधबाट बनाइने परिकारको बजार समस्या छैन् । तर, बाख्राको दुधबाट बनाइने परिकारले भने बजार नपाएको गुनासो किसानको छ । बाख्राको दुधबाट पनि विभिन्न परिकार बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण स्याङ्जामा पाउँन सकिन्छ ।
यहा“को भीरकोट नगरपालिका–८ ओकादीका दिलबहादुर गुरुङले बाख्राको दुधबाट चिज बनाउदै आएका छन् । जिल्लामा नै पहिलोपटक फरक व्यवसाय गर्न रहर गरेका गुरुङले चिज उत्पादन गरी विक्री गर्दै आएका छन् । उनका अनुसार चिजको लागि स्थानीय बजार भने छैन् । ‘विक्रीको लागि पोखरा नै धाउनुपर्छ’ उनले भने । गुरुङ फरक तरिकाबाट व्यावसाय गर्न रुचाउने व्यक्ति हुन् । वैदेशिक रोजगारीबाट फर्किएका गुरुङले गाउँमै आत्मर्निभर बन्न २०६९ सालमा जुना बाख्रा फार्म दर्ता गरी व्यावसायीक बाख्रापाल थालेका थिए ।
फरक तरिकाले गाउँमै स्वरोजगार बन्ने उदेश्यसहित विदेशबाट फर्किएको बताएका उनी भन्छन, ‘सानन जातको बाख्रा पालन गरी दुुध उत्पादन गर्दै आएको छु । दैनिक १० देखि १२ लिटर दुुध उत्पादन हुन्छ । उत्पादित सवै दुधको चिज बनाउँछु ।’ स्वास्थ्यका दृश्टीले सबैभन्दा उपयोगी मानिने चिजको सेवनले ग्यास्टीक, दम तथा डेङगुु रोगका लागी उपयोगी मानिने उनी बताउँछन् । भौगोलिक विकटताका कारण उत्पादन भएको चिजले बजार नपाउदा यतिबेला घरैमा खपत गर्नुपर्ने गुनासो उनको छ ।
बयरघारी बजारबाट कच्ची सडक हु“दै उनको घरमा पुग्न ८ किलोमिटर हिड्नुपर्छ । दुुध उत्पादनका लागी गुुरुङले ४६ र बिजका लागी १० गरी ६० वटा बाख्रा पालेका छन् । चिज मात्र होईन अन्य परिकार बनाउने र देश तथा बिदेशमा बजारीकरण गर्ने रहर उनको छ । तर, कहिकत्तैबाट सहयोग नहुँदा सपना अधुरै रहनेमा उनी चिन्तित देखिन्छन् । गुरुङले ६२ लाख लगानी गरेका छन् । बाख्राको रेखदेखमा उनको आमा र श्रीमतीले सहयोग गर्छन् ।
उनले सरकारबाट पाउने कुनै पनि अनुदान नपाएको बताए । उत्पादित वस्तुले बजार नपाउ“दा आम्दानी पनि नहुने गुनासो उनको छ । ‘खर्च बढी छ, आम्दानी छैन्’ उनले भने, ‘हामी जस्ता दुख गर्ने किसानलाई सरकारले पहिचान गरेर अनुदानका कार्यक्रम दिए पनि राहात मिल्थ्यो ।’ उनले स्थानीय तहबाट पनि बजारीकरणको लागि समन्वय गरिदिनुपर्ने बताए । किसानलाई टिकाउन र जिल्लामा यसको प्रभाव बढाउन पनि स्थानीय सरकारले चासो देखाउनुपर्ने उनको भनाई छ । गण्डकी प्रदेशमा बाख्राको दुधबाट चिज उत्पादन तनहुँको बन्दीपुर र कास्कीको हेम्जामा मात्र बनाइन्छ । स्याङ्जा तेस्रो जिल्ला हो । बन्दीपुरबाट प्रभावित भइ गुरुङले चिज उत्पादनमा जोड दिएको बताउँछन् ।
उनका अनुसार पोखरामा खपत हुने चिज प्रतिकिलोको २ हजार रुपैयाँ पर्दछ । ‘बाख्राको दुधबाट एक सय ८ प्रकारका परिकार बन्छन’ उनले भने, ‘तर, मलाई एउटा परिकार भन्दा अन्य परिकारबारे जानकारी छैन् । यसको कहिकत्तै तालिम लिन पाउन पाए हुने थिये ।’ तालिम अभावले पनि आफूले कुन किसिमको चिज बनाएको छु भन्ने विषयमा आफै अनविज्ञ भएको उनी बताउँछन् । उनका अनुसार बाख्राको दुध दुएर दुई दिन फ्रिजमा राख्नुपर्छ । त्यसपछि दुध फटालेर मेसिनमा राखिन्छ र कपडामा राखेर बनाइन्छ । उनले बाख्रा व्यावसाय सजिलो पनि हुने भएकाले सम्बन्धित कार्यालयले सहयोग गर्नुहुन माग गरेका छन् ।