बाग्मती सरकार गठनका लागि आह्रवान्

Share this post :

Facebook
Twitter
WhatsApp

बाग्मती प्रदेश प्रमेखले नयाँ सरकार गठनका लागि आह्रवान गरेका छन् । विहीवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानकाे धारा १६८ काे उपधारा २ बमाेजिम ५ दिन भित्र मुख्यमन्त्री दावी पेश गर्न आह्रवान् गरेका छन् ।
संविधानकाेधारा १६८ काे उपधारा अनुसार सरकार गठनका लागि कुनै पनि दलकाे बहुमत नपुग्ने भएपछि उपधारा २ अनुसार आह्रवान गरिएकाे हाे ।
‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आहृवान भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । प्रदेशमा हालसम्म कुन पार्टीले नेतृत्व गर्ने टुंगो लागेको छैन । हालसम्मको अंकगणिती हेर्दा राप्रपाको सम्भावना बलियो देखिन्छ । केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन् ।
अर्कोतर्फ राप्रपा र एकीकृत समाजवादीसँग तालमेल गरे कांग्रेस सम्मिलित सरकार बन्ने सम्भावना छ । कांग्रेसलाई सरकार बनाउन १९ सांसदको समर्थन भए पुग्छ । कांग्रेस सम्मिलित सरकार निर्माण गर्न राप्रपाका १३, एकीकृत समाजवादीका ७ जना सांसदले साथ दिएको खण्डमा केन्द्रीय समीकरणविपरीत वाग्मतीमा सरकार बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *