बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन । बाजुरा, बझाङ लगायत जिल्लामा भूकम्पको धक्काबाट कतिपय भौतिक संरचना भत्किएका फोटोहरु सामाजिक संजाल फेसबुक, टुइटर लगायतमा सार्वजानिक भएका छन् ।
Post Views: 24