बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन शुरू

Share this post :

Facebook
Twitter
WhatsApp

आज तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुदै छ । विहान ७ बजेदेखी बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन सुरू भइसकेकाे छ । प्रतिनिधिसभा सदस्य चयनकाे लागि तीनै ठाउँमा समयमा नै उपनिर्वाचन सुरू भइसकेकाे निर्वाचन कार्यालयले जनाएका छन् ।

चितवन-२ मा एक लाख २४ हजार ६ सय ९५ मतदाता छन् । ४३ स्थानमा १३८ मतदान केन्द्रहरू रहेका छन् । तनहुँ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । मतदान गराउन ७ सय ६० कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । बारा-२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *