वालकलाई यातना दिएको आरोपमा कास्की प्रहरीले होस्टेलकी वार्डेनलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१५ गलेश्वर चोकमा रहेको न्यू लाईफ स्कूलमा अध्ययनरत ६ बर्षिय वालकलाई होस्टेलकी वार्डेन जानुका नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर लिङ्गमा रबरले बाँधेर यातना दिएकी थिइन् ।
पीडितको जाहेरीपश्चात नुवाकोट पन्चकन्या गाउँपालिका–२ घर भई हाल पोखरा–१४ बस्ने २७ बर्षिया जानुका नेपालीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनलाई प्रहरीले वालवालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत सोमबार जिल्ला अदालतमा बालबालिका विरुद्धको कसूरमा मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरेको छ ।
Post Views: 24