बालक हत्या आराेपमा २२ वर्षिय युवा पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको अर्जुनचाैपारी गाउँपालिका-६ सिउडबारीका २२ वर्षिय सुजन सुवेदी बालक हत्या गरेकाे आराेपमा शुक्रबार पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो साढे ४ बजेकाे समयमा साेही ठाउँका शाेभाखर देवकाेटाका छाेरा वर्ष १० का हर्षित देवकाेटालाई धारिलाे हतियार (हँसिया) प्रहार गरि हत्या गरेकाे जिल्ला प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । हर्षित घरदेखि अन्दाजी २ सय मिटर तल खरबारीमा बाया खन्चट र गर्धनमा चोट लागेकाे, घोप्टो तर, मृत अवस्थामा रहेको छ भन्ने खवर प्रहरीलाई प्राप्त भएपछि जिल्ला प्रहरी प्रमुख एसपी सन्जय राउतकाे कमाण्डमा ५० जना प्रहरीकाे टाेली घटनास्थल पुगेकाे थियाे ।
हँसिया प्रहार गर्ने व्यक्ति सुवेदीलाई पुतलीबजार नगरपालिका-१ शहिदचोकबाट प्रहरी जवान सुरेश भण्डारीले पहिचान गरी नियन्त्रणमा लिएका थिए । हत्याकाे कारण भने खुलेकाे छैन । मृतकका बुबा बैदेशिक रोजगारको शिलसिलामा दुवइ छन् । आमा घरमा नै रहेकाे बताईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *