बिरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुलराज सुबेदीको सरूवा भएपछि गाउँपालिकाले शुक्रबार एक कार्यक्रमबीच विदाई गरेकाे छ । जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा उनलाई बिदाइ गरिएकाे हो ।

बिदाइ कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुबेदीले आफ्नो दुई बर्से कार्यकालमा जनप्रतिनी तथा कर्मचारीबाट सदैब सहयोग प्राप्त गरेको बताए । उनले आफ्नै गृहजिल्लामा जनताको सेवा गर्न पाउनु आफ्नो सौभाग्य भएको बताएका थिए । सुबेदीलाइ टीका, खादा तथा मायाको चिनो प्रदान गरिएको थियो । उनकाे गृहमन्त्रालय काठमाडौमा सरुवा भएको छ ।
गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले सुवेदीसंग काम गर्दा कहलै पनि अप्ठ्यारो महसुस नभएकाे बताए । उनले काुन निर्माण, विकासकाे क्षेत्रमा गरेका कामकाे शर्माले खुलेर प्रशंसा गरेका थिए । उनले सुबेदीको आगामी कार्यक्षेत्रमा पनि गाउँपालिकामा रहदा जस्तै उत्कृष्ट बन्न सफलताको सुभकामना दिए । उपाध्यक्ष देबिकुमारी थापा, शिक्षा शाखा प्रमुख जिबलाल भुसाल तथा अन्य कर्मचारीले बिदाइ मन्तब्य राखेका थिए ।