हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका फेसबुकमार्फत सार्वजानिक गराएका छन् । आफ्नो फेसबुक पेजमार्फत असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन् । गजुरेलले फेसबुकमा लेखे अनुसार पोखरेल कानुन सेवाकी अधिकृत हुन् ।

मनोज गजुरेलको ४ वर्षअघि मन्जु ढकालसंग डिभोर्स भएको थियो । आफू एक्लै केही बर्षदेखी बालबच्चाको एक्लै हेरचाह गर्दै आएको र जीवनयात्रामा आफूलाई पनि सहयात्रीको आवश्यकता महसुस गरी विवाह गर्ने निर्णय लिएको बताएका छन् । उनले छोराछोरीको आग्रहमा नै विवाह गरेको फेसबुकमार्फत बताए ।
गजुरेलले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर विवाह गरेपश्चात सपरिवार मानवसेवा आश्रम कौशलटारमा रहेका बुवाआमालाई खाना खुवाएको समेत बताएका छन् । उनले अाफ्नाे बारेमा अनावश्यक नकरात्मक टिप्पणी नगर्न पनि अनुराेध गरेका छन् ।