पोखरा महानगरपालिका–१३ बाझपाटन घर भई पोखरा–१० बुद्धचोक बस्ने ३५ बर्षका शंकर गुरुङ बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । कास्की प्रहरीले आफ्नो बैक खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै पनि १३ लाख ८० हजारको चेक काटि दिएको आरोपमा पक्राउ गरेको हो ।
सम्बन्धित बैंकमा चेक साट्न जादा खातामा पर्याप्त रकम नभएको भनी चेक सटही हुन नसकी बाउन्स भएको भन्दै प्रहरीमा जाहेरी आएको थियो । प्रहरीले विहीबार पक्राउ गरि सोहीदिन उच्च अदालत पोखराबाट बैंकिङ कसुर सम्बन्धी शिर्षकमा मद्दा दर्ता गरि ७ दिनको म्याद थप गरेको जनाएको छ ।
Post Views: 25