भक्तपुरमा ‘वाटर साईक्लिङ’

Share this post :

Facebook
Twitter
WhatsApp

भक्तपुर नगरपालिका-१, इताछेँस्थित रहेको न:पुखुमा शनिबारदेखि वाटर साइकल संचालनमा आएको छ । टीएन एडभेन्चर्सले भक्तपुर नगरपालिकासँगको सहकार्यमा वाटर साइकल सञ्चालनमा ल्याएको बताईएकाे छ । पर्यटन प्रबर्द्धनका लागि वाटर साईकल एउटा माध्येम रहेकाे बताउँदै टीएन एडभेन्चर्सले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिने जनाएकाे छ ।

एडभेन्चर्सका प्रबन्ध निर्देशक सुजन तिमिल्सिनाले ५ वटा वाटर साइकल सञ्चालनका लागि अनुमति पाएको बताए । एक जनाले २ सय रुपैयाँ तिरेपछि १५ मिनेट पोखरीमा साइकल चलाउन पाउने छन् । एउटा साइकलमा २ जनाले पोखरी घुम्न सक्छन् । बिदाको दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म र बिदाबाहेकका दिनमा भने बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म वाटर साइकल सञ्चालन हुनेछ । साइकल चलाउने व्यक्तिकाे हकमा कम्पनीले लाइफ ज्याकेट उपलब्ध गराउने छ भने, भइपरि आउने घटनाकाे लागि उद्दार टाेली पनि तयारी अवस्थामा राखिएकाे जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *