भतिजी हत्या आरोपमा ठूलोबाबु पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

२७ महिने भतिजी (सहोदर भाईकी छोरी) हत्याको आरोपमा स्याङ्जा प्रहरीले ठूलोबाबु बासुदेव ढकाललाई पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ पिपलछाप घर भएका ३८ वर्षिय ढकालले सोमबार विहान १० बजेको समयमा भतिजिलाई दुवै गोडामा समाई टाउको तल पारी भुईमा पटकपटक भु्ईमा बजारेको प्रहरीले जनाएको छ ।
२७ महिने सुविनालाई अचेत अवस्थामा उपचारको लागि रामपुर अस्पताल पाल्पा लगिएको थियो । डाक्टरले उपचारको क्रममा मृत्त घोषण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार बासुदेवले हत्या गर्ने मनसायले बच्चाको खुट्टा समातेर पटकपटक भुईमा बजार्दा मृत्यु भएको हो । मृत्तक बालिकाको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा लगिएको र पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
घटनाका आरोपी बासुदेब ढकाललाई मंगलबार पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा ज्यान सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *