भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दिएकी छन् । यस्तै, कांग्रेसका चित्रसेन अधिकारीले उपमेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् । दाहाल भरतपुरकी निवर्तमान मेयरसमेत हुन् भने अधिकारी कांग्रेस नगर सभापति हुन् ।
उम्मेदवारी दर्ता गर्न गठबन्धनका दलहरू संयुक्त जुलुससहित निर्वाचन कार्यालय पुगेका थिए । भरतपुरमा सत्ता गठबन्धन र एमाले÷राप्रपाबीच तालमेल भएको छ ।
यसअघि एमालेका विजय सुवेदीले मेयरमा उम्मेदवारी दर्ता गरिसकेका छन् । त्यस्तै राप्रपाले हिमला गुरुङलाई उपमेयरमा उठाएको छ ।
Post Views: 25