भरतपुर विमानस्थलकाे टावर नजिकै आगलागी

Share this post :

Facebook
Twitter
WhatsApp

भरतपुर विमानस्थलकाे टावर नजिक राति आगलागी भएकाे छ । आगलागी नियन्त्रणमा लिएकाे र टावरमा कुनै नाेक्सानी नभएका कारण उडान अवतर् सञ्चालनमा बाधा नहुने चितवन प्रहरीले जनाएकाे छ । बिहान पाैने चार बजे टावर नजिक विजुलीकाे तार सर्ट भएर एक्कासी आगाे लागेकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । विजुलीकाे तार, इन्टरनेटकाे तार र टेलिफाेनकाे तारमाक्षति पुगे पनि विमान स्थलकाे टावर सुरक्षित रहेकाे र सेवा सञ्चालन हुने डिएसपी अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *