भरुवा बन्दुक पड्किदा शिकारीको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

जंगलमा शिकार खेल्न गएका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित ओखल्दीका १७ बर्षिय रोमित मल्लको मृत्यु भएको छ ।

आइतबार सोही ठाउँका ४७ बर्षिय सुनबहादुर गुरुङ र उनी घरदेखी २ किलोमिटर टाढा दक्षिणतर्फ तुरतुरे पाखामा शिकार खेल्ने गएका थिए । बाटोमा हिडिरहेको अवस्थमा मल्लको साथमा रहेको सिलिङ सहितको एकनाले भरुवा बन्दुक अचानक पड्कन जादाँ घाइते भएका मल्लको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सुनबहादुर गुरुङलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *