भलाम यालेचौरका मतदाताको थापालाई आग्रह ‘चेक ड्याम बनाइदेउ’

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘२’ का उम्मेदवार विन्दुकुमार थापालाई मतदाताले पहिरो नियन्त्रणका लागि चेकड्याम बनाइदिन आग्रह गरेका छन् ।
पोखरा महानगरपालिका वडा २० भलामको ¥यालेचौरमा मतदाता भेट्न पुगेका थापालाई मतदाताले आफुहरुको आशा र भरोसा दुवै थापामाथि रहेको भन्दै चेकड्यामको काम गरिदिन आग्रह गरेका हुन् । उनीहरुले आफ्नो मत दिने प्रतिबद्धता व्यक्त गर्दै थापालाई समेत आफ्नो चेक ड्याम निमार्ण गरिदिन आग्रह गरेका हुन् ।
स्थानीय समस्या बताउँदै उनीहरुले रोए पनि कराएपनि माया गरेपनि थापालाई नै गर्ने बताए । मतदाताको समस्या बुझ्दै थापाले त्यहाँ पहिरो नियन्त्रणका लागि आफुले सकेको गर्ने र विजयी भएमा थप योजना पारेर स्थानीयलाई खुसी दिलाउने बाचा गरे । उनले भलाममा रहेका विद्यालयको स्तरोन्नति, सांस्कृतिक क्षेत्रको पहिचान गरि आन्तरिक तथा बाह्य पर्यटकको आगमनका लागि प्रयास गर्ने सुनाए ।
‘यो पाँच वर्ष प्रदेशको बाल्यकाल रह्यो । हामी संरचना र नीति निमार्णमै भुल्यौ । प्रदेशको जग बसिसक्यो अबको कार्यकाल सम्वृद्धि र विकासका लागि हो’, उनले भने,‘प्रदेशप्रति तपाईँहरुको जे आकांक्षा छ त्यो पुरा गर्छौ ।’ आफ्नो अघिल्लो कार्यकालमा शुसासन र भ्रष्टचार न्युनिकरणका लागि गरेको कामले आफुले जनताको मन जितेकाले यो पटक समेत साथ पाउनेमा आशावादी रहेको सुनाए । बजारबाट नजिक रहेपनि भलाममा अझै विकासका लहर आउने बाकिँ रहेको उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *