राष्ट्रिय महिला भलिवल कप्तान अरुणा शाही र पत्रकार जमुना वर्षा शर्मा सम्मानित भएका छन् । वैदेशिक रोजगार शाखा संरक्षण सघं गण्डकी प्रदेशले भलिबलकि कप्तान शाही र नेपाल पत्रकार महासघं कास्की शाखा उपाध्यक्ष शर्मालाई सम्मानपत्र, ५० र १० हजारले सम्मान गरेको हाे ।
उनीहरूसंगै २९४ जना संस्थामा आवद्ध महिला सम्मानित भएका छन् गण्डकी प्रदेश सदस्य सरस्वती अर्याल तिवारी, सघंका अध्यक्ष सुजन श्रेष्ठलगायतले सम्मान गरे ।
शाहीको कप्तानीमा विदेशमा गएर उत्कृष्ट भलिबल खेल प्रदर्शन गरेको र वर्षालाई पत्रकारिताको माध्यमबाट महिला शसक्तिकरणमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
महिलाहरुको महान चाड तिजको अवसारमा आयोजित दर खुवाउने तथा महिला सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै सांसद तिवारीले कडा परिश्रम र मिहिनेत गरेर समाजमा सफलता प्राप्त गरेका महिलालाई सम्मान गरेर सघंले उदाहरणीय कार्य गरेको बताइन ।
उनले समाजमा महिलालाई अघि बढ्न चुनौती रहेको बताउँदै चुनौतीहरुको सामना गर्दै अघि बढ्न सकेमात्र सफल भइनेमा जोड दिइन । उनले आफु सधै महिला दिदिबहिनीको पक्षमा आवाज उठाउने गरेको बताउँदै आगामी दिनमा पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिद्धता जनाइन ।
गण्डकी प्रदेशकी पुर्व मन्त्री समेत रहेकी तिवारीले पछिल्लो समय विदेश जानु कसैको रहर त कसैको लागि वाध्यता भएको बताइन । उनले विदेशमा जाने कतिपयले दुख पाउने गरेको बताउँदै वैदेशकि रोजगार शाखा संरक्षण सघंले विदेश पठाउने मात्रै नगरेर वैदेशिक रोजगारीमा गएर समस्यामा परेकालाई पनि सहयोग गर्न आग्रह गरिन । उनले देश रेमिट्यान्सको भरमा चलेको बताउदै मोटो रकमा खर्चेर विदेश जानु भन्दा सोही पैसाले स्वदेशमै स्वरोजगार बन्न आग्रह गरेकी थिईन् ।
सोही अवसरमा सघंले पत्रकार सल्लाहकार कान्तिपुरकर्मी प्रतीक्षा काफ्लेसहित सघंलाई योगदान पुर्याउने सल्लाकार, सदस्य, कर्मचारीलागायत विभिन्न व्यक्तिलाई समेत मायाको चिनोसहित सम्मान गरेको थियो ।
कार्यक्रमकाे अध्यक्षता संघका अध्यक्ष सुजन श्रेष्ठले गरेका थिए भने, कार्यक्रम संचालन महासचिव विक्रम पोखरेलले गरेका थिए । सघंका वरिष्ठ उपाध्यक्ष घनश्याम गौतमले स्वागत मन्तव्य राखेका थिए ।