नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने गरी भारतीय मन्त्रिपरिषद्ले नेपालसँगको विद्युत्त व्यापारसम्बन्धी साझेदारी पत्रलाई स्वीकृत गरेको छ । नेपाल–भारतको दीर्घकालीन विद्युत्त व्यापारको समझदारीले वैधता पाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) गत जेठमा भारत भ्रमणमा जाँदा विद्युत्त व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो । द्विपक्षीय वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्तव्यमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने घोषणा गरेका थिए । प्रधानमन्त्री तहको वार्तामै त्यसलाई छिट्टै मन्त्रिपरिषद्बाट पारित गरिने प्रतिबद्धता गरिएको थियो । गतसाता भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको हो ।
Post Views: 42