महाभुकम्प २०७२ सालदेखि बन्द भएकाे तातोपानी नाका आजदेखि खुल्ने भएकाे छ । चीनसँगको उत्तरी सीमानाका तातोपानी नाका लामोसमय आवागमन बन्द रहदा स्थानीयलाई आउजाउमा निकै समस्या झेल्नुपरेकाे थियाे ।
गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी पेरा गरेकाे जनाएकाे छ । तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत भने खुलेको थियो । सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।
Post Views: 24