नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एंव् गण्डकी प्रदेशका ईन्चार्ज देवेन्द्र पाैडेलले सरकारसुशासनको अभियानमा रहँदा सत्ता गठबन्धनकै दलबाट असहयाेग रहेकाे बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशकाे वैठकमा बाेल्दै पूर्वमन्त्रीसमेत रहेका पाैडेलले भ्रष्टाचारका फाईल खाेल्दा काँग्रेसका व्यक्ति नै पर्ने भएपछि सत्ता गठबन्धनकै दल काँग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेकाे बताएका हुन् ।
भ्रष्टाचारका कुरा उठाउँदा गठबन्धनकै दल काँग्रेसले गृहमन्त्रीकाे राजीनामा माग्छ’ उनले भने, ‘गठबन्धन जाेगाउन काँग्रेसका भ्रष्टाचारीलाई संरक्षण गर्नुपर्ने । सरकार ढले पनि गठबन्धन टुटे पनि सरकारले सुशासनलाई निरन्तरता दिनेछ ।’ सरकार सुशासन, सामाजिक न्याय र समृद्धिकाे लागि अभियानमा लागेकाे उनकाे भनाई छ । संघियता, समावेशी, संविधान माओवादीले ल्याएकाे बताउँदै उनले यसलाई संरक्षण गर्न जरूरी रहेकाे बताए ।
पछिल्लोसमय संघिय लाेकतान्त्रिक गणतन्त्र फालेर राजतन्त्र स्थापना गर्न आन्तरिकरूपमा झुण्डहरू सलवलाएकाे बताएका छन् । संघियतामाथि पटक-पटक आक्रमण भएकाे बताउँदै उनले याे व्यवस्थालाई संरक्षण गर्न आवश्यक रहेकाे बताए । सरकारकाे नेतृत्व माओवादीले गरेकाे हुँदा सरकार र माओवादीप्रति आक्रमण हुन थालेकाे उनकाे भनाई छ ।
सुशासनकाे स्वामित्व रास्वपा, एमाले, काँग्रेसले लिन खाेजेकाे तर, नपाउँदा सरकार र माओवादीकाे विराेध गरेकाे उनले बताए । सरकारले बजेट र मिटर व्याजबाहेक अन्य विधेयकहरू अवराेधका कारण पारित गर्न नसकेकाे उनले बताएका छन् । यतिबेला माओवादी तीन महिने अभियानमा छ । याे अभियान चलाएपछि विशेष महाधिवेशन गर्ने र पुनः जनतासँगै जाने याेजना पाैडेलले सुनाएका छन् ।