भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, थप तीब्र बनाइन्छ : प्रधानमन्त्री

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताएका छन् ।शनिबार दिउँसो पोखराका सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो । बिनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ’ प्रधानमन्त्रीले भने, ‘यसपटक हामीले भिभिन्न ढंगले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।’

भ्रष्टाचार देशको बिकराल समस्या हो। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ।” अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो । तर, अर्थतन्त्र बिस्तारै लयमा फर्किएको उनले बताए । यसपटकको भारत भ्रमण ऐतिहासक भएको उनकाेदावी छ । राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएकाे उनले बताएका छन् । भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय रहेकाे उनकाे तर्क छ । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे नबोलेकाे प्रमले बताए ।

‘पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय हो । विद्युत व्यापार सम्झौता पनि सामान्य कुरा होइन’ उनले भने, ‘ १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन । यसले विद्युत व्यापार पनि बढ्छ, लगानीको ढोका पनि खुल्छ । यो आउने पिँढीले पनि सम्झिरहने काम हो ।’

राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको उनले बताएका छन् । छिट्टै चीन भ्रमण हुने बताउदै उनले त्यसको तयारी भएको बताए । ‘त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ’ उनले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।’

एयररूटका लागि भारतसँग कुरा गरिएको उनले बताएका छन् । छिट्टै त्यो निष्कर्षमा पुग्ने दाबी उनकाे छ । चीन जाँदा पनि यो विषयमा छलफल हुने उनले बताए । प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको बताउदै प्रमले प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको बताए । यो प्रक्रिया अगाडि बढिरहेको र निरन्तर अगाडि बढ्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *