मजदुरको आर्थिक हैसियत उकास्न सके लोकतन्त्र सफल ः मुख्यमन्त्री

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सके मात्र लोकतन्त्रको उपादेयता सार्थक हुने बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘रातदिन श्रम गरेर जिविकोपार्जन गर्ने श्रमजीवहरुको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास मैले लिएको छु ।’
विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग नै विराटनगर मजदुर आन्दोलन रहेको भन्दै उनले नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले विसं २०१६ मा कारखाना र मजदूरसम्बन्धी कानुन तर्जुमा गरेर, मजदुरहरुलाई कानुनसम्मत् अधिकार प्रदान गरेको सन्दर्भ स्मरण गरेका छन् ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रपंत्ति mमा जुध्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिन सकेमात्र यो वर्ग लाभान्वित हुने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘शासन व्यवस्था संस्थागत हुने क्रममा नेपाली श्रम क्षेत्रमा अझै पनि अनेकन समस्या छन् । उनीहरुको हक, हित सुरक्षाका लागि प्रदेश सरकार सदा प्रतिबद्ध छ । म यस अवसरमा पुन सम्पूर्ण मजदुर वर्गमा शुभकामना व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *