मतगणना टुंगिएर विजय याली मनाउन सहभागी भएका गठबन्धनका कार्यकर्ताले मतगणना राेकिएपछि मतगणना सुरू गर्न माग गर्दै पोखराको सहिदचोकस्थित नाराबाजी लगाएका छन् । ठूलो संख्यामा भेला भएका कार्यकर्ता लामो समय मतगणना स्थगित भएपछि आक्रोशित हुँदै नाराबाजी गरेका हुन् । मतगणना मंगलबार विहानदेखि राेकिएकाे थियाे ।
एमालेले पोखराका दुई वडामा पुनःमतगणनाको माग गर्दै निवेदन दिएपछि पाँच घण्टादेखि मतगणना सुरु हुन सकेको छैन । वडा १८ र ३१ मा मुचूल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएकोले ती वडामा पुनःमतगणना गर्नुपर्ने एमालेको माग छ । एमालेले निवेदन दर्ता गराएपछि कांग्रेसले समेत वडा १ र १७ मा पुनःमतगणनाको माग गर्दै निवेदन दिएको छ ।
Post Views: 23