मधेशमा जनमतका सतिश सिंह मुख्यमन्त्री बन्दै

Share this post :

Facebook
Twitter
WhatsApp

जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्री बन्ने भएका छन् । पाटीले सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । आजै सिंहलाई मुख्यमन्त्री बनाउन बहुमतसहित प्रदेश प्रमुखलाई दावी पेस गर्ने दलहरूको तयारी छ ।

मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेको छ । संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने जनमतको तयारी थियो । तर, अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । उनी सप्तरी क्षेत्र नं २ कबाट प्रत्यक्ष निर्वाचित छन् । सतिश सिंह मधेश प्रदेशसभाका अर्थ तथा योजना समितिका सभापति समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *