मध्यपहाडी लोकमार्ग सुस्त गतिमा

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय गौरवको आयोजना मध्येको एक आयोजना हो, ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ पनि । यसको पहाडी खण्डको काम अहिले पनि ज्युँकात्युँ छ । पहाडबाट बसाइँसराइँ रोक्ने र पहाडी बजारलाई शहर बनाउने उद्देश्यले सुरु गरिएको यस आयोजना दुई दशकसम्म पनि उस्तै छ । जसका कारण स्थानीयबासी बर्खामा हिलो र हिउँदमा धुलोबाट ग्रसित छन् ।

पहाडबाट शहर बसाइँ सर्ने दर बढ्दो छ । कास्कीको बाटुलेचौर, अर्मला मैजा हुँदै मादी करिडोरसम्म जोड्ने एलाइनमेन्टको खोजी पनि बल्ल सकिएको छ । यसअघि पोखराको बजारी एरियाबाट लैजाने भने पनि योजना सफल हुन सकेन् । उक्त खण्डमा ५ सय घर भत्काउन पर्ने देखिएपछि आयोजना अगाडि बढ्न सकेन । अहिले भने नयाँ एलाइनमेन्टमा एक वटा घर मात्र भत्काएर निर्माण अगाडि बढाउन सकिने गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मुलुकको पूर्व पश्चिमसम्म जोडने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो लोकमार्ग तेस्रो राजमार्ग हो ।

लोकमार्गले पहाडका २४ जिल्लाका २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पु¥याउने लक्ष्य लिएको उनले बताए । लोकमार्गको सम्पूर्ण काम आर्थिक वर्ष २०८० सम्म पूरा गर्ने सरकारी लक्ष्य भए पनि कोरोना महामारी र ठेकेदारको ढिलासुस्तीले ठेक्का अवधि लम्बिदै गएको छ । योजना सम्पन्न कहिले भन्ने अझै टुंगो लागेको छैन् ।

गण्डकी प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरूपलाई समेटेको यो लोकमार्ग मनाङ, तनहुँ, स्याङजा, पुर्वी नवलपरासी, म्याग्दी र मुस्ताङ जिल्ला बाहेक अन्य जिल्लामा छोएको छ । पश्चिमतर्फ लोकमार्गमा लमजुङ जिल्लाको भूगोल पर्छ । राइनासटार, लामासोती हु“दै भोर्लेटार बजार पुगेपछि लमजुङको भूगोल सकिन्छ । भोर्लेटारबाट मादी नदी तरेपछि कास्की जिल्ला सुरु हुन्छ । कास्की सुरु भएपछि मुग्रीबेसी, थुम्सीकोट, भगवतीटार, भैँसे हुँदै मादी कोरिडोरमा आएर जोडिन्छ । यसपछि भद्रकाली, माटेपानी, फूलबारी, भलाम बाटुलेचौर भएर सेती नदी पार गर्दै हेम्जामा आएर पर्वत—बागलुङको सडकमा जोडिन पुग्छ ।

लोकमार्गले शहरलाई भन्दा पनि गाउँलाई बढी जोडेको छ । लोकमार्गको काममा ढिलासुस्ती हुँदा यहाँ कार्यरत कर्मचारी र कामदार पनि छाडेर हिड्न थालेका छन् । ठेकेदारले कामदार झिकाउन नसक्दा कोही टिक्ने वातावरण नभएको कर्मचारीको भनाई छ । यता, निर्माण कम्पनी भने सम्बन्धित कार्यालयको दोष देखाउँदै पन्छिएको छ । पोखराको हेम्जादेखि बागलुङको बुर्तिवाङसम्मको सडक लोकमार्ग बन्नु भन्दा पहिले देखिनै सञ्चालनमा थियो । लोकमार्गले प्रदेशभित्र उत्तर दक्षिण निर्माण भएका र निर्माणधीन सडकलाई समेत जोडेको छ । बुढीगण्डकी कोरिडोरको निर्माणाधीन सडकले आरुघाटमा जोडेको छ भने गोरखाको लाप्राक, बारपाकको ग्रामीण सडकले पनि लोकमार्गलाई जोडेको छ ।

लोकमार्गमा बागलुङ जिल्लाका मालढुङ्गाक—काठेखोला सडक पनि जोडिएका छन् । त्यसैगरी ज्याङना, ढोरपाटनको सडकसमेत जोडिएको छ । सडक आफैले केही पनि उत्पादन गर्दैन तर सडकले स्थानीय उत्पादनलाई बाहिर पठाउन र बाहिरका उत्पादन भित्त्राउने योजना भए पनि सडक अलपत्र हुँदा ग्रामीण सडकखण्ड उस्तै छ । नेपाल सरकारको आन्तरिक स्रोत साधनबाटै सम्पूर्ण खर्च व्यहोरिने गरी बनिरहेको लोकमार्गमा हाल सञ्चालनमा रहेका कतिपय साना राजमार्ग र सडक खण्डहरू जोडिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *