मर्मत सम्भारका लागि गोरखाको मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । यही असोज २९ देखि आगामी कात्तिक १ गतेसम्म बन्द गरिने भएको हो ।
मर्मत सम्भारसंगै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले बताए ।
उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । आज भने केवलकार सञ्चालन गरिएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ मङ्सिर ८ गतेदेखि संचालनमा ल्याइएको मनकामना केबलकारको प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा छ ।
Post Views: 109