मनकामना केबलकार संचालनमा

Share this post :

Facebook
Twitter
WhatsApp

दशैको अवसरमा तीन दिन बन्द गरिएको मनकामना केबलकार नियमित संचालनमा आएको छ । नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार बिहीबारदेखि संचालनमा आएको हो । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा केवलकार संचालनमा छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले नेपालकै पहिलो यो केवलकार २०५५ मा स्थापना भएको बताए । धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुगिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *