मन्त्रिपरिषद्को नियमित बैठक आज (सोमबार) बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मुख्यसचिवको नियुक्ति र बाँकी देशका राजदूत सिफारिस मुख्य एजेण्डा रहेको बताइएको छ ।
स्रोतका अनुसार ‘मुख्यसचिव नियुक्त गर्ने सम्भावना छ । मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार प्रकरणमा अख्तियारले आइतबार मुद्दा दायर गरेको थियो । अहिले निमित्त मुख्यसचिव राखिएको छ । त्यस्तै तीन देशका राजदूत सिफारिस हुनसक्ने ती व्यक्तिले बताए । ११ मध्ये ८ देशका राजदूत सिफारिस भए पनि ३ देशका राजदूत सिफारिस हुन बाँकी छ ।
Post Views: 61