कांग्रेसमा मन्त्रीका आकांक्षी बढी छन् । जसले मुख्यमन्त्री नियुक्तका लागि दावी पेश नर्गे तयारीमा रहेका सुरेन्द्र पाण्डे अप्ठ्यारोमा छन् । २७ रहेका कांग्रेसमा मन्त्रीको लाइनमा सिनियरदेखी नयाँसम्म छन् । लमजुङबाट चुनाव जितेका डा. टकराज गुरुङ अर्थमन्त्रीको लाइनमा छन् । उनले सुरुदेखी नै पाण्डेलाई सघाउदै आएकाले सम्भावना बढी रहेको स्रोतको भनाई छ ।
स्रोतका अनुसार गुरुङ देउवा लाइनका हुन् । गण्डकीका पूर्व कानुन मन्त्री विन्दुकुमार थापाको पनि नाम चर्चामा छ । तर, पार्टीभित्रै उनलाई मन्त्री बनाउन नहुने गुट भएकाले सम्भावना न्यून देखिन्छ । संविधानसभा सदस्यसमेत भइसकेका शेखर–गगन समूहका नवलपुरका महेन्द्रध्वज जिसी पनि चर्चामा छन् ।
शेखर समूहबाट स्याङ्जाका भोजराज अर्याल, स्याङ्जाबाटै महिलामा सरस्वती अर्याल, संघमा राज्यमन्त्रीसमेत भइसकेकी चम्पादेवी खड्काले पनि दाबी छ । शेखर–गगन समूहबाट बाग्लुङका डिल्लीराम सुवेदी पनि मन्त्रीको लाइनमा छन् ।
क्षेत्र र लाइन मिलाउनुपर्ने भएका मन्त्रालयका संख्या भन्दा मन्त्रीका आकांक्षी बढी देखिएको कांग्रेस सांसदले बताएका छन् । गण्डकीमा ७ मन्त्रालय छन् ।
यस्तै, माओवादीले मुख्यमन्त्री नपाउने भएपछि तीन मन्त्रालयको दावी गरेको छ । माओवादीबाट हरिबहादुर चुमान पनि आकांक्षी छन् । मुख्यमन्त्री दावी रहेकाले उनलाई यसपटक मन्त्री नदिने तयारी रहेको बताइएको छ । उनी यसअघि खगराज र पृथ्वीसुववा गुरुङ नेतृत्वको सरकारमा दुई पटक मन्त्री भइसकेका छन् ।
यसअघि पर्यटन मन्त्रीबाट राजीनामा दिएका म्याग्दीका रेशमबहादुर जुग्जाली र प्रमुख सचेतक गोरखाकी सुशीला सिम्खडा पनि लाइनमा छन् । माओवादीले तीन वटा मन्त्रालय पाए माओवादीको चुनाव चिन्हबाट लडेका गोरखाका फणिन्द्र देवकोटाको पनि सम्भावना छ ।