गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् । मंगलबार सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालयले जनाएको छ ।
फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् । स्रोतका अनुसार ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई घटनालगत्तै जानकारी गराएका थिए । ओझाले आफू अस्पताल भर्ना भएको जानकारी दिएका छन् । निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अगाडि नै काम सक्न भन्दै मन्त्री मनाङेले ब्रिफिङ गर्ने क्रममा विवाद बढेको स्रोतले जनायो ।
Post Views: 26