स्याङ्जा निर्वाचन क्षेत्र नम्बर दुईमा अनाधिकृत रुपमा बुथ कव्जा गरि विदेश गएका र मृत्यु भइसकेका व्यक्तिको नाममा मतदान भएको खुल्न आएको छ । अनाधिकृतरुपमा कव्जा भएका बुथमा पुन मतदानको माग गरेपछि आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बुधबार पनि सुरु हुन सकेको छैन् ।
२ सय ९१ जनाको नाममा मतदान भएको आरोप एमालेको छ । स्याङ्जाको क्षेत्र नम्बर २ को चापाकोट नगरपालिका अन्तर्गत ४ वटा बुथमा विदेश गएका र मृत्यु भएकाको नाममा मतदान भएको हुदा यी क्षेत्रमा पुन मतदान हुनुपर्ने माग एमालेको छ । यता, का“ग्रेसले भने, मतदान भइसकेपछि सुरक्षितरुपमा मतपेटिका मतगणनास्थल आइसकेको भन्दै मतगणना हुनुपर्ने माग राखेको छ ।
चापाकोट नगरपालिका–४ स्थित राम मन्दिर माध्यामिक विद्यालयमा रहेको बुथमा १ हजार ६ सय ४१ जनाको मतदाता नामावली छ । जसमा १ हजार ४ सय ६६ मध्ये १ हजार ४ सय ३८ (९८.०९ प्रतिशत)ले मतदान गरेका छन् । मत खसाल्न बा“की ३८ छ । जसमा मृत्यु भएका ३१ र विदेश गएका ४२ जनाको नाममा मत खसेको छ । मतदाताको नाम र मतदाता नम्बरसहितको प्रमाण एमालेले दिएको छ ।
यस्तै, चापाकोट–३ दिसिङ्कोट आधारभूत विद्यालयमा रहेको बुथमा १ हजार ६ सय ४१ मध्ये मतदाता संख्या छ । १ हजार ५ सय ६० अर्थात ९५.०६ प्रतिशत मत खसेको थियो । जहा“ ८० मत खस्न बा“की छ । यस बुथमा १४ जना मृत्यु भएका र ३७ जना विदेश भएका व्यक्तिको नाममा मतदान भएको छ । चापाकोट–५ मा रहेको दिनदयालु आधारभूत माविको बुथमा ४ सय ६९ मतदाता रहेकोमा ४ सय ६० अर्थात् ९८.०८ प्रतिशत मत खसेको छ । यहा“ विदेश गएका २० र १ जना मृत्यु भएका व्यक्तिको नाममा मतदान गरिएको छ । यसैगरी, सोही वडाको जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा ९ सय ९१ मतदाता संख्या रहेकोमा ८ सय ९२ अर्थात् ९०.०१ प्रतिशत मत खसेको थियो । जसमा ९९ मत खस्न बा“की छ । यस बुथमा मृत्यु भएकाको नाममा ११ मत खसालिएको छ भने, विदेश गएका १ सय ३१ जना र मतदाता नामावलीमा नाम भई अन्यत्र मतदान केन्द्रमा खटिएका ४ जना कर्मचारीको नाममा समेत मतदान गरिएको भेटिएको छ ।
यस्तै, तारा विमानमा ज्यान गुमाएकी किस्मी थापाको नाममा समेत मतदान भएको आरोप एमालेको छ । मृत्यु भएका र विदेश गएकाको नाममा मतदान भएको एमालेको विज्ञप्तीसहित ।
