मलामी सवार बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

Share this post :

Facebook
Twitter
WhatsApp

पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । घटनामा घाइतेहरूलाई पाल्पाको प्रभावमा उपचारको लागि ल्याइँदै छ । बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । बाटो चिप्लो हुँदा बस दुर्घटना भएको हुनसक्ने प्रहरीको  अनुमान  रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *