मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको न्यारोबडी शुक्रबार विहान भारतको कोलकाता डाइभर्ट भएको बताइएको छ । न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भए पनि जिपिएसमा समस्या देखिएका कारण सिमराबाट विमान कोलकाता डाइभर्ट गरिएको हो ।
निगमका एक पाइलटका अनुसार मलेसियाबाट फर्कने क्रममा उक्त न्यारोबडीमा उपलब्ध दुई जिपिएसमध्ये एक जिपिएसले काम गरेको थिएन । काठमाडौंबाट बिहीबार राति १० बजे मलेसियाको राजधानी क्वालालमपुरका लागि उडेको निगमको विमानमा दुई सेट (चार जना) पाइलट थिए । तीमध्ये तीन जना आरएनपी–एआर प्रणाली सर्टिफाइड थिए ।
Post Views: 17