मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार

Share this post :

Facebook
Twitter
WhatsApp

मलेसियामा बन्धक बनाइएका ७ जना नेपालीको उद्धार गरिएको छ । नेपाल सरकारको पहलमा बुधबार ७ नेपाली नेपाल आइपुगेका छन् । मलेसियामा १९ नेपाली बन्धक थिए । १२ जना अझै अलपत्र रहेको बताइएको छ । नेपाल फर्किनेमा गोरखाका ठाकुर रेग्मी र कमलबाबु श्रेष्ठ, बैतडीका कैलाश लोहार, मकवानपुरका भुवन कोइराला र ईश्वर कोइराला तथा धादिङका बाबुलाल विक रहेका छन् । अलपत्र अवस्थामा रहेका १२ जनाको बसाइ कष्टकर रहेको नेपाल फर्किएका युवाले बताएका छन् ।
रोजगारीको सिलसिलामा मलेसिया पुगेकाहरु पुस १७ गतेबाट केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाइएको थियो । काठमाडौंस्थित सानेपाको खोजी रिक्वायर्मेन्ट मेनपवार कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरु कामका लागि पुगेका थिए । कम्पनीका सञ्चालकले एक कामदारलाई कुटपिट गरेपछि अन्य कामदारले विरोध जनाएसँगै उनीहरु कामबाट निकालिएका हुन् । अँध्यारो कोठाभित्र आठ दिन बिताएका युवाहरुले उद्धारका लागि सामाजिक सञ्जालमार्फत हारगुहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *