पोखराको लेकसाइडबाट यौनजन्य क्रियाकलापमा संलग्न ६ वालिकाको उद्दार गरिएको छ । विभिन्न स्पा (मसाज) सेन्टरमा कार्यरत बालिकालाई बुधबार कास्की प्रहरीले उद्दार गरेको हो । यौजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाको आधारमा लेकसाइडका विभिन्न ५ वटा स्पा सेन्टरमा अनुगमन गर्दा १८ वर्षभन्दा मुनिका ६ बालिका रहेको भेटिएको थियो । उनीहरुलाई उद्दार गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार सेन्टर पोइन्ट स्पाबाट २ जना, न्यू भिजन स्पाबाट २, हिमालयन स्पाबाट १ र पारामाउण्ड स्पाबाट १ जना गरी ६ जना बालिकालाई यौन क्रियाकलापमा लगाइएको भटिएको छ । यस्तै, गुुड उइल स्पा अनुगमन गर्दा बालिका नभेटिएको उनले बताए ।
Post Views: 91