महानगरले नै छान्ने भयाे, कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी

Share this post :

Facebook
Twitter
WhatsApp

निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्तिको लागि छनोटसम्बन्धी परीक्षा आगामी आर्थिक वर्षदेखि काठमाडौं महानगरपालिकाले नै सञ्चालन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाअन्तगर्त संचालन नीजि विधालयले अब आफूखुशी छात्रवृत्ति वितरण गर्न नपाउने भएका हुन् । महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत् सूचना जारी गरेका छन् ।

मेयर बालेनका अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीडिएको क्षेत्र तथा आदिवासी जनजाति लगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिनेछ ।

महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगर अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०-८१ देखि काठमाडौं महानगरपालिका आफैंले सञ्चालन गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *