महावीर पुनलाई ‘गण्डकी रत्न’

Share this post :

Facebook
Twitter
WhatsApp

महावीर पुनलाई ‘गण्डकी रत्न’ ले सम्मान गरिएको छ । सोमबार गण्डकी प्रदेश सरकारले सम्मान गरेको हो । प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई सम्मान गर्ने सरकारले घोषणा गरेको थियो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । सरकारको वार्षिकोत्सवको दिन पुन मुलुक वाहिर भएकाले सम्मान रोकिएको थियो ।
विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुन म्याग्दीको अन्नपूर्ण गाउ“पालिका–८ नाँगीमा २०११ सालमा जन्मिएका थिए । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन बायोमेडिकल, कृषि, शिक्षा, ड्रोन, लगायत क्षेत्रमा कार्य गर्दै आएका छन् । पुन रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्तित्व हुन् । गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्य सरहको मर्यादाक्रम निर्धारण गरिएको छ । प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क उपचार, विमानस्थलको भिआइपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ । गण्डकी सरकाले प्रत्येकवर्ष ३ जनालाई गण्डकी रत्न दिने घोषण गरेको थियो । पहिलो पटक पुनलाई मात्र दिने निर्णय भएको थियो । गण्डकी प्रदेशमै जन्मिएर मुलुकमा योग्दान पुयाएका गण्डकी रत्नको लागि योग्य ठानिनेछन् ।


शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिमध्येबाट सम्मान गर्नेगरी कार्यविधि बनाइएको छ । विभूषण ग्रहणपछि पुनले आफू अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरु समृद्ध भएको बताए । अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको बताउँदै उनले युवाहरु रोजगारी खोज्दै विदेश धाउ“दा यह“ँको अर्थतन्त्र अस्तव्यस्त भएको बताए ।
अनुसन्धान र विकासका लागि ढिला गर्न नहुने भन्दै उनले अनुसन्धान आफैमा कठीन काम भएको १ सय वटा अनुसन्धानमध्ये १०÷१५ वटा मात्र सफल हुने भएकाले सतप्रतिशत नतिजा आउन नसक्ने बताए । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै प्रशंसा गरे । निरन्तरको लगावले पुन यो स्थानमा पुगेको उनको भनाई थियो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारी गराए । छिटै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने उनले बताए । कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले महावीर पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उ“चो बनाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *