महिलालाई डालेघाँसका बिरुवा

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्रका ७२ जना सीमान्तकृत र विपन्न महिलालाई डाले घाँसको विरुवा वितरण गरिएको छ । युएनडिपी र पुतलीबजार नगरपालिकाको साझेदारी एवं आस्क नेपालको सहजीकरणमा सञ्चालन भैरहेको अस्थाई आधारभुत आय (टिबिआई प्रयास परियोजना अन्तरगत) बिरुवा वितरण गरिएको छ ।
नपाको आन्तरिक कोषमार्फत बाख्रा पालन सम्बन्धि प्राविधिक तालिम साथै औजार सामाग्री समेत प्राप्त गरी बाख्रा पालन व्यवसाय विस्तार गरेका ७२ जनालाई डिभिजन वन कार्यालय स्याङ्जा तथा सब डिभिजन वन कार्यालय पुतलीबजारको सहयोगमा राईखनियो, टाँकी, भट्टमासे, ईपिल ईपिल, कोईरालो लगायतका करिव २३०० बिरुवा बितरण गरिएको र यसले बाख्रा पालन व्यवसाय बिस्तार हुँदै गर्दा भविष्यमा आवस्यक पर्ने दिगो र पोषिलो आहारामा सहयोग पुग्ने विश्वास लिएको आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका कार्यकारी निर्देशक हरीप्रसाद ढकालले जानकारी दिए ।
यसरी डालेघाँसका विरुवा प्राप्त गर्ने लगायत २९३ जना विपन्न महिला कृषकहरुलाई यस अघिनै बित्तीय तथा उद्यमशिलता साक्षरता, घरभेट र परामर्श, बाख्रा पालन सम्बन्धि प्राबिधिक तालिम, औजार सामाग्री सहयोग साथै छनौटमा परेका २०० जनालाई युएनडिपीबाट प्रतिपरिवार २७ हजार रुपैँया सोझै लाभग्राहीको बैंक खातामा उपलब्ध गराईसकिएको छ भने पुतलीबजार नगरपालिकाले २९३ जना नै विपन्न महिला घरपरिवारको १ बर्षको स्वास्थ्य विमा समेत निशुल्क गरिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *