महिला भलिबल आजदेखि उद्घाटनमा गण्डकी र सुदुरपश्चिम भिड्ने

Share this post :

Facebook
Twitter
WhatsApp

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तरगत म्याग्दीको बेनीमा आज बिहिबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुदैछ । बेनीको खुल्ला मञ्चमा दिउँसो २ बजे उद्घाटन हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश भिड्दैछन् ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीका अनुसार लिग कम नक आउटमा खेलाईने प्रतियोगिताका लागि सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । सात प्रदेशसहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडी बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए ।
समुह १ र २ मा तीन÷तीन र समुह ३ र ४ मा २÷२ वटा टिम रहेका छन् । पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा कुल १६ खेल सञ्चालन हुनेछन् । महिला भलिबलसँगै शुक्रबारदेखि म्याग्दीमा तेक्वान्दोका खेलहरुसमेत सुरु हुदैछन् । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक ११ टिमका ६१७ जना म्याग्दीमा आउदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *