महिला म्याराथनमा एपीएफकी वृन्द्रालाई स्वर्ण

Share this post :

Facebook
Twitter
WhatsApp

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स महिला म्याराथन दौडमा सशस्त्र प्रहरी बल एपीएफकी वृन्द्राधन श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा मंगलबार बिहान भएको म्याराथन दौडमा वृन्द्राले ४२.१९५ किलोमिटर दुरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।
रजत पदक जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ००.३५ सेकेन्डमा दुरी पूरा गरिन् । पुलिसकी रेखा विष्टले ३ घन्टा १ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै काँस्य जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *