महिला र बालबालिकाको मुद्दामा संवेदनशील हुन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

Share this post :

Facebook
Twitter
WhatsApp

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला र बालबालिकाको मुद्दामा संवेदनशील हुन प्रहरीलाई निर्देशन दिएका छन् । शनिवार गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्दै उनले आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताएका थिए । सोही क्रममा गृहमन्त्रीले त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन प्रहरीलाई निर्देशन दिएका हुन् ।

नेपाल प्रहरीको आन्तरिक मूल्यांकनमा उत्कृष्ट रहेको गण्डकी प्रादेशिक कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री श्रेष्ठले प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखा, मातहतका सम्पुर्ण प्रहरी कार्यालयको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी लिएका थिए ।

निरीक्षणको क्रममा उनले सरकारको प्रत्यक्ष उपस्थितिनै प्रहरी भएको चर्चा गर्दै जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै निकाय गम्भीर हुनुपर्ने बताए । प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको भन्दै उनले चर्चा गरे । गृहमन्त्रीसँगै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरकोसमेत सहभागिता रहेको थियो ।
महानिरीक्षक कुँवरले उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठको निर्देशनले आगामी दिनमा प्रहरी थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गरे । प्रहरी नायव महानिरीक्षक बिकासराज खनालले गृहमन्त्रीको निर्देशनपप्रति प्रतिवद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *